image
image

सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा बसभित्रै च्यापिएर २ को मृत्यु ३० घाइते

काठमाडौँ, ९, भदौ। सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिकाबाट काठमाडौ आउदै गरेको यात्रुवहाक बस सुनकोशी गाउँपालिका ३ कालिकाका छापा नजिकै दुर्घटना हुदा बसमा सवार ३० घाइते भएका छन् ।

बुधबार बिहान साढे ११ बजे बस सडकबाट करिब ३० मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी प्रमुख एसपी राजन अधिकारीले जानकारी दिए ।

बसमा सवार मध्ये दुई पुरुषको बसभित्रै च्यापिएर मृत्यु भएको सुनकोशी गाउँपालिका ३ का वडाअध्यक्ष रामहरी खडकाले जानकारी दिए । बा ३ ख ८०३० नम्बरको पुर्व अरनिको यातयात कम्पनी प्रालि अन्र्तगत सञ्चालित बस लिसंखुपाखर गाउँपालिकाको वाफलबाट काठमाडौको लागि छुटेको थियो ।

बसमा सवार मध्ये दुइ जना बस भित्रै च्यापिएको र उनीहरुलाई निकाल्ने प्रयास भइरहेको प्रहरीले जानकारी दिएको छ । घाइते मध्ये १५ जनालाई स्थानीय सिन्धु सदावहार अस्पताल खाडिचौर र १५ लाई धुलिखेल अस्पतालमा लगिएको प्रहरीले जानकारी दिएको छ । दुर्घटना लगतै प्रहरी र स्थानीयले घाइतेहरुको उद्धार गरेका थिए । दुर्घटनाको बारेमा प्रहरीले अनुसन्धान सुरु गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।