कर नतिर्नेको घर–घरमा बाजा बजाउँदै महानगर
काठमाडौँ ९ भदौ । काठमाडौँ महानगरपालिकाले सम्पत्ति कर नतिर्नेहरुको घर आँगन तथा कार्यालय परिसरमा पञ्चेबाजा सहित घरघरमा पुगेको छ । बुधबार पहिलो चरणमा महानगरले काठमाडौंको न्यूरोड, खुसुबु नयाँ बजार, सोल्टीमोड लगायतका क्षेत्रमा पन्चेबाजासहित करदाताको घरदैलो गरेको हो ।
यस अघि पटक-पटक ताकेता गर्दा पनि कर तिर्न अटेर गरेकाले बुधबार देखि ७० करदाताको घरदैलो कार्यक्रम सुरु गरेको जनाएको छ । ‘महानगरले पछिल्लो २–३ वर्षको दाखिलालाई छाडेर २८ वर्षसम्मको पुरानो कर उठाउन पहल गर्दैछ । यी ठूला करदाताहरुबाट महानगरले ६५ देखि ७० करोड माथिको राजस्व उठाउन बाँकी छ ।
महानगरले गत असार १६ र साउन २४ गते करदातालाई करदाखिला गर्न आउन ३० दिने सार्वजनिक सूचना जारी गरेको थियो । यी करदाताहरूलाई कर तिर्न ३० दिने सूचना जारी गरेर नाम सार्वजनिक गर्दा समेत अटेर गरेपछि महानगरपालिकाले दबाबपूर्ण कार्यक्रमको नयाँ रणनीति अपनाएको जनाएको छ ।