image
image

विदेश हिँडेका युवक गाँजासहित विमानस्थलबाट पक्राउ

काठमाडौँ ८ भदौ ।विदेश उड्नुअघि लगेजमा गाँजा बोकेर हिँडेका युवक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका छन् । चितवन जिल्लाको खैरेनी–१० घर भएका २९ वर्षीय बुद्धिराज पाठकलाई पक्राउ गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।


मंगलबार पाठक कतार एयरवेजको उडानमार्फत दोहा जान लागेका थिए । अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियामा स्क्रिनिङ गर्दा उनको लगेजमा ८ सय ग्राम गाँजा फेला परेको थियो ।


लागु औषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले गाँजा सहित उनलाई पक्रेर विमानस्थल प्रहरीलाई जिम्मा लगाएको छ ।  
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
100%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।