वैदेशिक रोजगारीमा अनुगमन नहुँदा मनपरी शुल्क लिदै म्यानपावर कम्पनी
काठमाडौँ ८ भदौ । पछिल्लो समय वैदेशिक रोजगार विभागले गर्ने अनुगमन ठप्प हुँदा विदेश जानेहरु ठगिने गरेका छन् । 'वैदेशिक रोजगार' एप मार्फत साझा सवाललाई प्राप्त दर्जनौं गुनासाहरुमा म्यानपावर कम्पनी र एजेन्टहरुले वैदेशिक रोजगारीका लागि चर्को शुल्क मागिरहेको भन्दै पीडितहरुले विभागको ध्यानाकार्षण गराइदिन अनुरोध गरेका छन् ।
कोरोना महामारीका कारण मलेसिया, कुवेत, युएई लगायत देशले श्रमिक नलिए पनि कतार, साउदी, ओमान लगायत केहि देशले नेपाली श्रमिकका लागि खुल्ला गरेका छन् । यसरि श्रमिकको मागमा कमि आएको मौका छोपेर म्यानपावर कम्पनीले बढी शुल्क मागेको गुनासा बढेका छन् । साउदीमा लेवर काममा जान एक म्यानपावर कम्पनीले एक लाख ४० हजार पाईएको छ ।
यता केहि व्यवसायीले कोरोना महामारीका कारण डिमाण्ड कम र हवाई टिकट महँगो भएको र रोजगारदाता कम्पनीले सबै खर्च नव्यहोर्ने हुँदा यस्तो अवस्थामा लागत बढेको बताएका छन् ।