image
image

उद्धारका लागि काबुल गएको युक्रेनी विमान अपहरण

काठमाडौँ ८ भदौ । अफगानिस्तानबाट आफ्ना नागरिको उद्धार कार्यमा रहेको युक्रेनी विमान अपहरण भएको छ । युक्रेनका उप–विदेशमन्त्री यभगेनी येनिन्ले मंलगबार उक्त विषयको जानकारी दिएका हुन् । उद्धार गर्न काबुल विमानस्थल पुगेको विमान केही मानिसहरुको समूहले विमानलाई अपहरण गरी इरानतर्फ लगेको बुझिएको छ ।


उप–विदेशमन्त्रीको भनाईलाई उदृत गर्दै सञ्चारमाध्यम तासले लेखेको छ,‘गत आइतबार हाम्रो उद्धाररत विमान केही मानिसको समूहद्धारा हाईज्याक भएको छ । मंगलबारबाट उक्त विमान हाम्रो सम्पर्क बाहिर छ । केही मानिसको समूहले विमानलाई इरानतर्फ लगेको छ । हाम्रो तीनवटा उद्धार कार्यमा बाकी रहेको छ ।’ अ

पहरणकारीहरुले हतियारसमेत बोकेका थिए भने विमान भित्रको विषयलाई उप–विदेशमन्त्रीले खुलेर बोलेको छैनन्। विमानमा उद्धारको क्रममा ८३ जना युक्रेनी नागरिक रहेको जनाइएको छ । तालिवानले अगस्त १५ मा अफगानिस्तान कब्जा गरेपछि त्यहाँ रहेको विदेशी नागिरिकहरुको धमाधम उद्धार कार्य जारी छ । तालिवानले तोकेको मितिमा आफ्ना नागरिकहरु उद्धार गरी सक्नु पर्ने बताएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।