वैदेशिक रोजगारीमा जानेको विमानस्थलमा घुईचो
काठमाडौँ, ८, भदौ । आज(मंगलबार) बिहानै विमानस्थलमा वैदेशिक रोजगारका लागि जानेहरुको घुइचो देखिएको छ। गत वर्ष वैदेशिक रोजगारीमा गएका नेपालीहरुले नौ खर्ब ६१ अर्ब ५ करोड रुपैयाँ रेमिटेन्स नेपाल पठाएका थिए। नेपालमा अहिलेको समयमा अर्थतन्त्र चलाउने मुख्य आधार रेमिटेन्स भए पनि वैदेशिक रोजगारीमा गएका युवाहरुलाई सरकारले विभेदपूर्ण व्यवहार गरिरहेको छ।
सजिलै गरी उनीहरुको काम राज्यका निकायहरुले गरिदिँदैनन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल अन्तर्गत वैदेशिक रोजगारका लागि जाने लाइनमा मानिसहरुको भिड देखिएको हो। कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण लामो समय रोकिएको अन्तर्राष्ट्रिय उडानहरु शुरु भएसँगै विमानस्थलमा भिडभाड बढ्न थालेको हो।
यसै गरी श्रम गन्तव्य मुलुकहरुको उडान खुल्न थालेसँग विमानस्थलमा भिड बढ्न थालेको बताइएको छ।