चाडपर्वको नाममा भिडिभाग गर्ने हो भने फेरि निषेधाज्ञा गर्ने मन्त्रालयको चेतावनी
काठमाडौँ, ८, भदौ । कोरोना भाइरस संक्रमणका कारण गरिएको निषेधाज्ञा खुकुलो पारिएसँगै स्वास्थ्य मापदण्ड बेवास्ता गरी चाडपर्वको बाहनामा भिडभाड गरेमा फेरि कडा निषेधाज्ञाको अवस्था आउन सक्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चेतावनी दिएको छ । मन्त्रालयका अनुसार पछिल्लो समय कोरोना भाइरस सङ्क्रमण महामारी केही घटेपछि सङ्क्रमण दर स्थिर रहेको छ ।
सोमबार भएको गाईजात्राको अवसरमा भक्तपुरमा देखिएको भिडभाडका कारण कोरोना भाइरस संक्रमण बढ्ने र यसको रोकथाम तथा नियन्त्रणका लागि कडा निषेधाज्ञा गर्नै पर्ने अवस्थामा पुर्याउने मन्त्रालयको ठहर छ । ‘त्यस्तो अवस्था आउन नदिने दायित्व तपाईं हाम्रै हो । त्यसैले मास्क लगाउने, भौतिक दूरी कायम गर्ने, भिडभाड नगर्नेजस्ता जनस्वास्थ्यका मापदण्डको इमान्दारितापूर्वक पालना गरौँ,’ मन्त्रालयले भनेको छ ।