image
image

पहिरोका कारण अवरुद्ध बनेको पासाङल्हामु राजमार्ग खुल्यो

काठमाडौँ, ८, भदौ। पहिरोले अवरुद्ध बनेको पासाङल्हामु राजमार्ग सञ्चालन भएको छ । धुञ्चे–ठूलोभार्खु सडकखण्डको खोपाङ पाखामा खसेको पहिरो हटाइएपछि राजमार्ग खुलेको रसुवाका प्रमुख जिल्ला अधिकारी ईश्वरप्रसाद ढकालले जानकारी दिए ।

सडक खुलेसँगै सोमबारदेखि रोकिएका दर्जनौं सवारी साधन गन्तव्यतर्फ लागेका छन् । राजमार्ग खुलाउन मंगलबार बिहानैदेखि तीनवटा डोजर परिचालन गरिएको प्रजिअ ढकालले बताए ।

नेपाल चीनबीच व्यापारको एक मात्र राजमार्ग सोमबार दिउँसो साढे १२ बजेतिर पहिरोले अवरुद्ध बनाएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।