image
image

अमेरिकामा कोरोना विरुद्धको फाइजर खोपलाई पूर्ण अनुमति दिइयो

काठमाडौं, ८, भदौ । अमेरिकाको फुड एण्ड ड्रग एड्मिनिस्ट्रेसन (एफडीए)ले फाइजर र बायोएनटेकले विकास गरेको कोरोना भाइरसविरुद्धको खोपलाई पूर्ण अनुमति दिएको छ । अमेरिकामा पहिलोपटक कोरोना खोपलाई पूर्ण अनुमति दिइएको हो । यसअघि यो खोपले आपतकालीन प्रयोगको अनुमति पाएको थियो ।

तीन साताको अन्तरमा दुई डोज लगाउनुपर्ने यो खोप १६ वर्षभन्दा माथिका सबै मानिसलाई लगाउन अनुमति दिइएको छ । अमेरिकामा कोरोना खोप लगाउन मानिसहरु अनिच्छुक रहेको समाचार आइरहेको समयमा फाइजरको खोपले पूर्ण अनुमति पाएको हो ।

एफडीएले करीब ४४ हजार मानिसमा गरिएको अध्ययनपछि यो खोपलाई पूर्ण अनुमति दिएको बताएको छ । अध्ययनको क्रममा यो खोप कोरोना संक्रमण नियन्त्रणको लागि ९१ प्रतिशत प्रभावकारी पाइएको थियो ।

एफडीएका कार्यकारी कमिश्नर जनेट वूडककले फाइजरको खोप सुरक्षित र प्रभावकारी हुनुका साथै यसले उत्पादनको गुणस्तर पनि पालना गरेको बताइन् । यद्यपि यो खोपले १२ देखि १५ वर्ष उमेर समूहका लागि भने आपतकालीन प्रयोगको मात्र अनुमति पाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।