image
image

झलनाथले त्यागे एमाले , दिल्ली दूतावासमार्फत निर्वाचन आयोगमा सनाखतपत्र पठाउँदै

काठमाडौं, ८, भदौ ।  नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले एकीकृत समाजवादी पार्टी रोज्ने निश्चित भएको छ । सो पार्टीले पनि खनाललाई वरिष्ठ नेतामा राखेको छ । 

हाल नयाँ दिल्लीमा उपचार गराइरहेका खनालले निर्वाचन आयोगमा आफू एमालेमा नरहेको र एकीकृत समाजवादीमा रहेको सनाखत वारेसनामा पठाउने भएका छन् । खनालले एमाले परित्याग गरेको उनीनिकट स्रोतले जनाएको छ ।

स्रोतले भन्यो, ‘उहाँले एमाले परित्याग गर्नुभएको छ र नवगठित नेकपा एकीकृत समाजवादीको वरिष्ठ नेता हो । भोलि निर्वाचन आयोगमा उहाँले सनाखत गर्नका लागि आफ्नो मन्जुरीनामा पठाउनु हुनेछ ।’
नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य श्रीप्रसाद साहले झलनाथ खनालले दिल्लीस्थित नेपाली दूतावासमार्फत सनाखत गरिएको पत्र निर्वाचन आयोगलाई आजै पठाउने बताएका छन् ।

त्यस्तै बिरामी रहेका अन्य नेताहरू प्रदीप नेपाल र खगेन्द्र चुँडाल बुधबार सीधै निर्वाचन आयोगमा गएर सनाखत गर्ने उनले जानकारी दिए ।
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।