image
image

ब्राउनसुगर सहित ५ जना पक्राउ 

काठमाडौँ, ८, भदौ । सुनसरीको बराहक्षेत्र नगरपालिकाबाट प्रहरलिे लागू औष्ािध कारोबारमा संलग्न ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बराहक्षेत्र–६ घर भएका पुरुषोत्तम मेहता, विशाल बस्नेत, बराहक्षेत्र–९ घर भएको पाथे चन्द्रवंशी, जयन्त माइला र भारतिय नागरिक रुद्रनारायण कुमार यादव छन् । 

प्रदेश–१ प्रहरी कार्यालय बिराटनगर र इलाका प्रहरी कार्यलय महेन्द्रनगरबाट अटिएको टोलीले बाङ्गे नडाह सडकमा प्र–१–०२–०४४प ४५५६ र प्र–१–०२–०४२ प ४२२९ नम्बरको मोटरसाइकल चेकजााच गर्दा पुरुषोतम मेहताको साथमा ७ ग्राम ४३० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो । मेहतासँगै पक्राउ परेकाहरुको बयानका आधारमा भारतिय नागरिक रुद्रनारायण कुमार यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । 

२५ वर्षीय रुद्रनारायणको साथबाट बरामद गरेको ५२ ग्राम सहित सो समूहबाट प्रहरीले कुल ७६ ग्राम ४३० मिलिग्राम ब्राउन सुगर बरामद गरेको छ । आरोपीहरुमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।