image
image

नेता नेपाल सांसदहरु लिएर चन्द्रागिरी रिसोर्टमा

काठमाडौँ ७ भदौ । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सोमबार र मङ्गलबार दुई दिन दुई रात चन्द्रागिरी रिसोर्ट बुक गराएका छन् । उनले नेकपा एमालेबाट फुटेको नेकपा एकीकृत समाजवादी दल दर्ताको निवेदनमा हस्ताक्षर गरेका केन्द्रीय सदस्य र सांसदहरुको व्यवस्थापनका लागि चन्द्रागिरी रिसोर्ट बुक गराएका हुन् ।


हस्ताक्षरकर्ता सांसद र केन्द्रीय सदस्य गरी एक सयजनाका लागि कोठा बुक गरिएको बुझिएको छ । त्यहाँ माधव नेपाल स्वयं पुगेका छन् ।एमाले विभाजन गरेपछि नयाँ बनेको दल दर्ताको निवेदनमा हस्ताक्षरकर्ताहरुको बुधबार सनाखत हुनेछ । त्यसअघि नै नेपालले हस्ताक्षरकर्ताहरुलाई एमालेमा फर्कन नदिन व्यवस्थापनको रणनीति लिएको बुझिएको छ ।

भीम रावललगायत प्रभावशाली नेताहरु एमालेमै रहने निर्णयमा पुगेपछि माधव नेपालले सांसद र केन्द्रीय सदस्यको व्यवस्थापनको कदम चालेका हुन् । एमाले अध्यक्ष केपी शर्मा आली पक्षधर नेताहरुले हस्ताक्षरकर्ताहरुलाई फिर्ता लाने प्रयास गरिरहँदा चन्द्रागिरीमा व्यवस्थापन गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।