बुवाको हत्या गरि प्रमाण लुकाएको आरोपमा छोरा पक्राउ
काठमाडौँ, ७, भदौ । रोल्पामा बल्दै गरेको अगुल्टो प्रहार गरि छोराले बुवाको हत्या गरेका छन् । हत्या गरेपछि प्रमाण लुकाउनका लागि घर नै लिपपोत गरेका आरोपमा एक जना पक्राउ परेका छन् ।
रोल्पाको त्रिवेणी गाउँपालिका वडा नं.४ चालढुङका २५ वर्षीया छोरा टेकबहादुर नेपालीले ६० वर्षीया बुवा लक्षिण नेपालीको आइतबार राति साढे १० बजेतिर अँगेनमा बल्दै गरेको अगुल्टाले प्रहार गरी हत्या गरेका थिए । रोल्पाका प्रहरी प्रमुख डिएसपी नरेशराज सुवेदीका अनुसार सामान्य घरायसी झगडाका कारण छोरा टेकबहादुरले बुवा लक्षिणलाई बल्दै गरेको अगुल्टाले टाउको प्रहार गरेपछि उनको तत्कालै मृत्यु भएको थियो ।
घटनापछि घर परिवारले प्रहरीलाई लडेर मृत्यु भएको भन्दै खबर गरे, डिएसपी नरेशराज सुवेदीले भने प्रहरी त्यहाँ पुग्दा भर्खरै लिपेको जमिन र प्रमाण लुकाउनका लागि जल्दै गरेको चिरपट हेर्दा त्यसमा कपालसहित रगत देखिएपछि मृतक कै छोराले हत्या गरेको खुल्न आएको हो ।
प्रहरी मृतकको घर पुग्दा शव खाटमा सुताइएको अवस्थामा फेला परे पनि भुइँमा झरेको रगत नदेखियोस् भनेर राति नै घरको भुइँ तला लिपपोत गरेको देखिएपछि अनुसन्धानका क्रममा प्रमाण नष्ट गर्नका लागि जलाउँदै गररेको चिरपटको अगुल्टोमा गत र कापालसमेत फेला परेपछि प्रहरीले तत्कालै छोरा केशवबहादुलाई नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी प्रमुख सुवेदीले मृतक लक्षिणका दुई वटा श्रीमती भए पनि दुबैको मृत्यु भइसकेको हुँदा छोरा र उनको परिवारले प्रमाण नष्ट गर्नको लागि रातारात घटनास्थलको भुइँ कोठा लिपपोत गरेको बताए।शव पोष्ट मार्टमको लागि दाङ पठाइएको र पक्राउ परेका छोरामाथि थप अनुसन्धान हुन बाँकी नै रहेको डिएसपी सुवेदीले जानकारी दिए।