image
image

 बस्तीमै स्वास्थ्य शिविरसँगै खाध्यान्न वितरण पछी राउटे खुशी

काठमाडौँ ७ भदौ । देशको शान्तिसुरक्षामा खटिने सेना उपचारका लागि बस्तीमा आएर औषधि खानका लागि दाल, चामल दिदा राउटे समुदाय खुशी भएका छन् ।  नेपाली सेनाका १९ नम्बर बाहिनी अड्डा तुलसीपुरका बाहिनीपति सहायक रथी मदनकुमार केसी र सल्यानका प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी हुमागाईं खतिवडासँग आफ्नै बस्तीमा गरिएको स्वास्थ्य शिविर तथा राहत वितरणपश्चात् कुराकानीका क्रममा राउटेका मुखिया शाहीले सो भावना व्यक्त गरेका हुन् ।


नेपाली सेना १९ नम्बर बाहिनी अड्डाीपुर, जिल्ला प्रशासन कार्यालयान, सवुजगणलगायत विभिन्न सरकारी कार्यालयको संयुक्त आयोजनामा राउटे बस्तीमा   स्वास्थ्य शिविर राखिएको हो । पछिल्लो दुई महिनामा राउटे समुदायका चार जना बिरामी भएर निधन भएपछि प्रशासनले शिविरको आयोजना गरेको हो । शिविरमा आफ्नो स्वास्थ्य परीक्षण गराउँदै सुवीन शाहीले आफूलाई केही समयदेखि छाती दुख्ने गरेको समस्या चिकित्सकलाई सुनाए । जाँच गराइसकेपछि चिकित्सकले औषधि दिए, खाने तरिका सिकाए र पठाए ।


स्वास्थ्य परीक्षण  गराएका  राउटेमा  छातीमा समस्या, हातखुट्टा चिलाउने, घाउ, खटिरा, कानमा समस्या रहेको पाएको उपचारमा संलग्न चिकित्सकले जानकारी दिए । चिकित्सकले केही राउटे बालबालिकामा कुपोषण, निमोनिया लगायतका समस्या हुनसक्ने भनी राउटे बस्तीमा कर्णाली प्रदेश सरकारले खटाएका दुई जना स्वास्थ्यकर्मीलाई त्यसो भएमा उनीहरुको उपचार गर्न तथा आफूहरुले लगेको औषधि उनीहरुलाई वितरण गर्नका लागि उपलब्धसमेत गराएका छन् । नेपाली सेना, जिल्ला अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली स्वास्थ्य परीक्षणमा संलग्न थिए । प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी हुमागाई खतिवडाले पछिल्लो समयमा राउटेको मृत्युदर बढेको, वर्षातका समय उनीहरु बसोबास गर्ने ठाउँमा पिउने पानीको राम्रो व्यवस्था नभएको र बस्ने स्थानसमेत  हिलाम्य भएकाले स्वास्थ्यमा समस्या भएको हुनसक्ने भनी आफू यहाँ आएको बताए ।

उनले राउटेले परम्परागत रुपमा गरी आएका चाडपर्व खानपिन छोड्न नसक्दा उनीहरुमा परिर्वतन हुन नसकेको पनि बताए । राउटेको बस्तीमा पुग्नुभएका सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालसँग राउटे मुखिया शाहीले आफूहरुलाई सरकारले दिँदै आएको भत्ता दशैंअगावै उपलब्ध गराइदिन माग गरेका छन् । राउटे मुखिया शाहीले सो पैसाबाट दशैँको पूजाका लागि बाख्रा, चामल र लत्ताकपडा किन्नमा खर्च गरिने बताए । उनले अहिले आफूहरु बसेको ठाउँ राम्रो तथा सुरक्षित नभएको र भत्ता बुझे लगत्तै दैलेखको गुराँसे, जाजरकोट, सुर्खेत या दाङको राम्रो ठाउँमा बस्न जाने समेत बताए ।

दाङ र सल्यानको सिमानामा पर्ने कालीमाटीको काल्चेमा बस्दै आएका राउटेलाई लक्षित गरी सोही ठाउँमा शिविर आयोजना गरिएको हो । नेपाली सेना १९ नम्बर बाहिनी अड्डा तुलसीपुर र नेपाली सेनाको सवुज गण सल्यानले राउटे बस्तीमा गरिएको स्वास्थ्य शिविरमा उनीहरुलाई खाद्यान्न वितरण गरिएको छ । सहायक रथी केसी र सवुजगणका गणपति प्रमुख सेनानी कञ्चनकृष्ण बस्नेतले राउटेका मुखिया सूर्यनारायण शाहीलाई समुदायमा खाद्यान्न वितरणका लागि सामग्री  हस्तान्तरण गर्नुभएको हो । सेनाले एक हजार केजी चामल, ३०० केजी दाल, २०० केजी चिउरा, ५० केजी नुन, गेडागुडी, बिस्कुट, साबुनलगायतका खाद्य सामग्री प्रदान गरेको हो ।

  

   
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।