हुम्लामा कार्गो भाडा २५ प्रतिशतले बढ्यो
काठमाडौँ, ७, भदौ । राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा निजी एयरलाइन्सले कार्गो भाडा २५ प्रतिशतले बढाएका छन् । चाडबाड आएसँगै एयरलाइन्सहरूले ढुवानी भाडा बढाएका हुन् । हुम्लामा समिट, तारा र सीता एयरका जहाजले कार्गो उडान भर्दै आएका छन् ।
नेपालगन्ज र सुर्खेतबाट गरिने उडानमा जहाजहरूले कार्गो भाडा बढाएको रोकाया पुस्तक पसलका प्रोपाइटर ज्ञानबहादुर रोकायाले बताए । ‘सडक यातायातको सुविधा नहुँदा जहाजबाट सामान ओसार्नुको विकल्प छैन,’ उनले भने, ‘निजी जहाजले मनपरी भाडा बढाउँदा सामान ढुवानीमा समस्या भयो ।’ उनले चाडपर्व नजिकिने समयमा जहाजहरूले बर्सेनि हवाई भाडा बढाउने गरेको गुनासो गरे ।
हवाइ इन्धनको मुल्यबृद्धि हुँदा भाडा बढाउनु परेको जहाज कम्पनीका प्रतिनिधिको दाबी छ । यसअघि नेपालगन्जबाट सिमकोटका लागि लिदै आएको भाडादर प्रतिकिलो १ सय रुपैयाँ भएकोमा अहिले १ सय २५ बनाइएको समिट एयर नेपालगन्जका बजार व्यवस्थापक उमेश बिसीले बताए । उनका अनुसार कार्गो ढुवानीमा प्रतिकिलो २५ प्रतिशतले भाडा वृद्धि भएको छ । एयरलाइन्सकी काठमाडौ प्रतिनिधि मन्जनी श्रेष्ठले एकातिर ढुवानी माग बढ्दा र अर्कोतिर इन्धनको शुल्क बढ्दा भाडा बढाउनुपरेको बताइन् । ‘भोलि माग कम भए भाडादर पनि कम हुँदै जान्छ,’ उनले भनिन् ।
सुर्खेतबाट पनि प्रतिकेजी ढुवानी भाडादर १ सय १० रुपैयाँ पुर्याइएको छ । यसअघि सुर्खेतबाट प्रतिकिलो ८५ रुपैयाँ प्रतिकिलो सामान ढुवानी भइरहेको थियो । चर्को भाडा हुँदा बजारमा महँगी बढेको सिमकोटकी सुन्तली रोकायाले बताइन् । नेपालगन्जबाट सिमकोट उडान भर्न जहाजलाई ३५ देखि ४५ मिनेट लाग्छ ।