उपत्यकामा पनि घट्दै संक्रमणदर
काठमाडौँ ६ भदौ ।आइतबार काठमाडौँ उपत्यकामा ५६६ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँ जिल्लामा बसोबास गर्ने ३९५, भक्तपुरका ११० र ललितपुरका ६१ जनालाई संक्रमण पुष्टि भएको हो।
हाल काठमाडौँ जिल्लामा ७ हजार ४२० सक्रिय संक्रमित छन्। त्यस्तै भक्तपुरमा १ हजार ४ सय र ललितपुरमा २ हजार २ सय १८ सक्रिय संक्रमित छन्।
काठमाडौँ जिल्लामा अहिलेसम्म २ हजार ५५ ले कोरोनाबाट ज्यान गुमाएका छन्। त्यस्तै भक्तपुरमा ४०४ र ललितपुरमा ६२९ जनाको कोरोनाबाट मृत्यु भएको छ।हाल ५ सयभन्दा बढी सक्रिय संक्रमित रहेका जिल्लाको संख्या २२ रहेको छ।