image
image

थप १ हजार ९२० कोरोना संक्रमण 

काठमाडौँ  ६ भदौ । आइतबार देशभर  १ हजार ९२० जना कोरोना संक्रमित थपिएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ५१६ जनाको नमुना परीक्षण गर्दा १ हजार ९२० जनामा संक्रमण पुष्टि भएको हो। यस अवधिमा २ हजार २४८ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ।


त्यस्तै थप २४ जनाको कोरोना भाइरसबाट मृत्यु पुष्टि भएको छ। यीसहित हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ५०९ पुगेको छ। मन्त्रालयका अनुसार मुलुकभर ३८ हजार ७५१ जना सक्रिय संक्रमित छन्। जसमध्ये हाल देशभर ६८१ जनाको सघन उपचार कक्षमा उपचार भइरहेको छ। तीमध्ये पनि १६९ जना भेन्टिलेटरको सहायतामा छन्। 


हालसम्म कुल संक्रमितमध्ये ९३.४१ प्रतिशत निको भएका छन्, ५.१८ प्रतिशत सक्रिय छन् भने १.४१ प्रतिशतको मृत्यु भएको छ। 
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।