फ्री भिसा फ्री टिकट कागजमै सिमित
काठमाडौँ ६ भदौ । निजी कम्पनीले कामदार पठाउँदा फ्री भिसा फ्री टिकटको नियम बनाएको सरकार आफैले अटेर गरेको पाईएको छ । सरकारले आफैँ इजरायल, जापान तथा कोरिया श्रमिक पठाउँदा भने ठूलो रकम असुलिरहेको छ । खाडी तथा मलेसियालगायत मुलुकसँग गरेको श्रम सम्झौताअनुसार सबै प्रक्रियामा लाग्ने खर्च रोजगारदाता आफैँले भुक्तानी गर्नुपर्ने नियम बनाएईएको भएपनि सरकार आफैँले पठाउन लागेको इजरायलका लागि भने कामदारबाट १ लाख ६५ हजार रुपैयाँ असुली गर्ने निर्णय गरेको छ ।
यता कोरिया जाने कामदारबाट पनि ८० हजार रुपैयाँ असुल्दै आएको छ । नियममा म्यानपावर कम्पनीले सेवाशुल्कबापत १० हजार रुपैयाँ मात्र लिन सक्ने व्यवस्था गरिएको छ । तर, यहाँ सरकार आफैले इजरायल, जापान तथा कोरिया श्रमिक पठाउँदा भने ठूलो रकम असुलिरहेको छ ।