image
image

यस्तो छ कुवेतमा रोजगारीमा जानेका लागि खोप सम्बन्धि नयाँ नियम

काठमाडौँ ६ भदौ । कुवेतले आफ्नो मुलुकमा प्रवेश गर्न चाहने विदेशी नागरिकका लागि  कुवेत सरकारले मान्यता दिएको खोपको तेश्रो मात्रा लगाएको हुनुपर्ने नियम लागु गरेको छ । कुवेत सरकारले फाइजर, मोडेर्ना, अक्फोर्ड अष्ट्रोजेनेका तथा जोनसन एण्ड जोनसनको खोपलाई मान्यता दिएको छ । त्यस्तै  यदि जोनसन एण्ड जोनसनको खोप लगाएको भएमा भनें अर्को मात्रा आवश्यक नरहेको बताएको छ ।        

लामो समयसम्म प्रतिबन्ध लगाएको मुलुकका लागि पनि सिधा उडान सुचारु गरेको छ । त्यस्तै अहिलेको समयमा  कुवेतले दैनिक १५ हजार  उडान अनुमति समेत दिईसकेको छ ।  कुवेत जान चाहनेहरुले पछिल्लो ७२ घण्टा भित्रको पिसिआर परीक्षणको नेगेटीभ सहितको रिपोर्ट साथमा हुनुपर्नेछ । खोप लगाएको भएमा पनि ७ दिन क्वारेण्टीनमा बस्नु पर्ने, यदि छिट्टै बाहिर निस्कन चाहेमा कुवेतमा पुगेपछि पिसिआर परीक्षण गर्नुपर्ने लगायतको नियम रहेको छ । 


त्यस्तै घरेलु श्रमिकका लागि जानेहरुले भनें खोप नलगाएको भएपनि प्रवेश अनुमति दिइने तर उनीहरुले १४ दिन क्वारेण्टीनमा बस्नुपर्ने नियम रहेको छ ।    
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
100%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।