एनसेलले प्रयोगकर्ताबाट ठगि गरेको रकम फिर्ता दिनुपर्ने
काठमाडौँ ६ भदौ । एनसेलले प्रयोगकर्ताबाट ठगि गरेको करिब तीन अर्ब रकम फिर्ता दिनुपर्ने भएको छ । विभिन्न सेवा तथा प्याक स्वतः नवीकरण गरी आम्दानी गरेको भन्दै ग्राहकको स्वीकृतिबिनै काटिएको रकम फिर्ता गर्नुपर्ने निर्णय नेपाल दूरसञ्चार प्राधिकरणले गरेको छ ।प्राधिकरणले तीन महिनाको अवधि दिएर प्रयोगकर्तालाई पैसा फिर्ता गर्नुपर्ने निर्णय गरेको हो । एनासेलले पहिलो चरणमा एक अर्ब ११ करोड ग्राहकलाई फिर्ता गर्नुपर्ने देखिएको छ ।
यस्तै थप ५५ वटा सर्भिसमा समस्या देखिएको पाइएको छ । जसमध्ये कतिपयमा त अति नै गम्भीर समस्या छन् । यता ‘एनसेलले ग्राहकले पठाएको म्यासेज नै नगएको अवस्थामा पनि प्रयोगकर्ताको सिमकार्डबाट भने पैसा काटेको रिपोर्ट तयार भएको छ । यस्तै अर्को एउटा ग्राहकले एकभन्दा बढी भ्यास सर्भिस लिएको खण्डमा कुन सर्भिसको कति शुल्क काटिएको छ भन्ने पनि पनि जानकारी दिने गरेको छैन ।
यस्ता ५७ वटा समस्या त फेला परिसकेका छन् । यी सबै समस्या अध्ययन सम्पन्न भएर प्राधिकरण बोर्डमा पुगिसकेको छन् त केहि अझै अध्यनका क्रममा छन् । त्यसरी अध्ययन गर्दा ग्राहकलाई कुल चार अर्बभन्दा बढी फिर्ता गर्नुपर्ने देखिएको थियो ।
त्यसमा एक अर्ब ११ करोडको विषयमा निर्णय भइसकेकाले थप तीन अर्ब ग्राहकलाई फिर्ता गर्नेगरी चाँडै निर्णय हुने स्रोतले जनाएको छ । स्रोतका अनुसार यो निर्णय पनि प्राधिकरण बोर्डबाट अबको १५–२० दिनभित्रै हुनसक्ने छ । किनभने, प्राधिकरण बोर्डलाई यस्ता विषयमा निर्णय गर्न पहिलो सुरुवात आवश्यक थियो ।