इजरायलमा रोजगारका लागि यति धेरैले दिए आवेदन
काठमाडौँ ६ भदौ । कोरोना महामारी कै समयमा पनि वैदेशिक रोजगारी प्रति नेपाली श्रमिकहरु आकर्षित भएको पईन्छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले इजरायलको रोजगारीमा जान हालसम्म साढे ९ हजारभन्दा बढीले आवेदन दिएको बताएको छ । नेपाल सरकार र इजरायल सरकारबीच २०७७ सालको असोजमा नेपाली नागरिकहरुलाई इजरायलमा लग्ने गरी द्विपक्षीय श्रम सम्झौता भएको थियो ।
सम्झौता अनुसार इजरायल सरकारले अहिले एक हजार जना सहायक कामदारको माग गरेको छ । इजरायल सरकारको मागअनुसार वैदेशिक रोजगार विभागले इजरायल जान चाहनेहरुका लागि आवेदन खुलाएको थियो ।
हालसम्म आएका साढे ९ हजारभन्दा बढी आवेदन विभागले अध्ययन गरिरहेको छ भने अन्तिम सूचीमा पर्नेहरू लिखित परीक्षामा सहभागी हुनुपर्ने छ । लिखित परीक्षामा उत्तीर्ण हुनेले इजरायल जानका लागि अन्तर्वार्ता समेत दिनुपर्छ । इजरायल जानेहरुको लिखित र मौखिक परीक्षा सञ्चालन गर्दा लोक सेवा आयोगले अवलम्बन गरेको परिक्षा विधिको उपयोग गरिने छ ।