image
image

कांग्रेसलाई जिताउने अभियानमा लाग्न निधिको आग्रह

काठमाडौँ, ६, भदौ । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले संविधानको सफल कार्यान्वयनका लागि आगामी चुनावमा कांग्रेसलाई जिताउने अभियानमा लाग्न आग्रह गरेका छन्।

भारतको मुम्बईमा शनिबार नेपाली जनसम्पर्क समितिले गरेको अन्तरक्रियामा निधिले जनसम्पर्क समितिका सदस्यहरूलाई उक्त आग्रह गरेका हुन्।

नेपाली जनसम्पर्क समिति मुम्बईको कार्यालयमा आयोजित कार्यक्रममा उपसभापति निधिले आगामी चुनावमा कांग्रेसलाई जिताउन अहिलेदेखि नै आफ्नो जिल्ला र गाउँमा सम्पर्क गरी सक्रिय हुन जनसम्पर्क समितिका सदस्यहरूलाई आग्रह गरेका हुन्।

पहिले संघीय लोकतान्त्रिक प्रणालीप्रति इमान्दार नभएको वामगठबन्धनले चुनाव जितेकोले मुलुकमा भाँडभैलो मच्चिएको उनको भनाइ थियो।

उक्त अवसरमा उपसभापति निधिले जनसम्पर्क कार्यालयको जग्गा सम्बन्धी मुद्दामा सहयोग गरिदिन कार्यक्रममा सहभागी रहेका महाराष्ट्र राष्ट्रवादी कांग्रेसका सचिव बृजेश त्रिपाठीलाई आग्रह गरेका थिए।

सचिव त्रिपाठीले जनसम्पर्क समितिको जग्गा विवाद सम्बन्धी मुद्दामा आफूले सहयोग गर्ने प्रतिवद्धता जनाएको निधिको सचिवालयले जानकारी दिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।