गौरीशंकर ७ मार्बुमा घर माथीबाट आएको ढुङ्गाले एक घरमा क्षति
काठमाडौँ, ५, भदौ । दोलखाको गौरीशंकर गाउँपालिका वडा नम्बर ७ मार्बुमा घर माथीबाट आएको ढुङ्गाले एक घरमा क्षति गरेको छ । मार्बु स्थित टोपटारमा अविरल वर्षाका कारण पहिरोसंगै खसेको ढुङगाले स्थानीय दिल बहादुर मगरको घरमा क्षति पुगेको हो ।गयराति करिब १२ बजे खसेको ढुङगाले ढुङगा माटोले बनेको दुई तले घरमा क्षति पुगेको स्थानीय ललित बहादुर खत्रीले जानकारी दिनुभयो ।
ठूलो आकारको ढुङगाले दुई तले घरको एकातिरको भाग पुरै भत्काए पछि बाँकी रहेको भागमा पनि बस्न नमिल्ने अवस्थामा पुगेको छ । घर संगै रहेको शौचालय समेत पहिरोले बगाएको छ । यस्तै पहिरोका कारण स्थानीय हरिलाल श्रेष्ठको पनि शौचालय भत्किएको छ ।
निरन्तरको वर्षाका कारण टोपटारका ६ घर पहिरोको उच्च जोखिममा परेको वडा नम्बर ७ मार्बुका वडा अध्यक्ष आङदोर्जे शेर्पा रिन्जीले जानकारी दिनुभयो ।
पहिरोका कारण खानेपानीको मुहानमा क्षति
गयरातिको पहिरोले वडा नम्बर ७ मार्बु स्थित भस्मेमा खानेपानीको मुहानमा पहिरोले क्षती पुर्याएको छ । मुहानमा क्षती पुग्दा भस्मे टोपटार लगायतका १२ घरपरिवारलाई खानेपानीको समस्या भएको छ ।
मार्बुको विभिन्न जलविद्युत आयोजनाले सडक खन्दा केही वर्ष देखि मार्बुको टोपटार, भस्मे लगायतको वस्ती पहिरोको जोखिममा पर्दै आएको छ ।