प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सार्ने तयारी
काठमाडौँ ३० माघ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सार्ने तयारी भएको छ । सिहंदरबार भित्रकै पुरानै भवनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सार्ने तयारी भएको हो ।
सिंहदरबारको मूलभवनको जगैदेखि पुनःनिर्माण (रेट्रो फिटिङ) सम्पन्न भएकाले फागुन ३ गते सोमबार उक्त भवनको उद्घाटन गरिने कार्यक्रम तय भएको छ । उद्घाटन भएकै दिनदेखि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुरानै ठाउँमा सारिने कार्यालय स्रोतले जनाएको छ ।
गत २०७२ साल वैशाखमा गएको भूकम्पका कारण सिंहदरबार मूलभवनमा ८० प्रतिशत क्षति भएको थियो । हाल पुनःनिर्माण सकिएकाले प्रधानमन्त्रीको कार्यालय आंशिक रुपमा सारिने स्रोतले जनाएको छ ।