दोलखामा आज १६ मा कोरोना पुष्टि, सक्रिय संक्रमितको संख्या ४ सय बढि
काठमाडौँ, ५, भदौ । दोलखामा आज थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चरिकोट अस्पतालमा रहेको पिसिआर ल्याबमा १८ जनाको स्वाब परिक्षण गरिएकामा १२ जना र जिल्लाको ९ वटै स्थानीय तहमा १५ जनाकोे एन्टिजिन परिक्षण गरिएकामा ४ जना गरि जिल्लामा कुल १६ जनामा संक्रमण पुष्टि भएको हो ।
आज १६ जनामा कोरोना संक्रमण देखिए संगै जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या ४ सय ८४ पुगेको स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ ।
यस्तै जिल्लामा हालसम्म २ हजार बढि संक्रमित संक्रमणमुक्त भएका छन् । जिल्लामा १ हजार ५ सय ५२ पुरुष र १ हजार २ सय १७ महिला गरि कुल २ हजार ७ सय ६९ जना निको छन् ।
संक्रमित मध्य १२ जना विभिन्न अस्पतालमा उपचाररत छन् भने कोरोना संक्रमण देखिएका ४ सय ५६ जना होम आइसोलेशनमा बसि स्वास्थ लाभ लिइरहेको स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ ।