image
image

मृत धर्माकुमारीको काखमा ३२ महिने छोराको भावुक बस-यात्रा

काठमाडौं, ५, भदौ। सामाजिक संजालमा मृत आमाको काखमा शान्त रहेर सुतिरहेको एक बालकको तस्वीर यतिखेर भाइरल बनेको छ । जसले आम मानिसलाई भावुक बनाएको छ । उक्त तस्वीर हो, रुकुमपश्चिम आठबिसकोट नगरपालिका- ९ की २८ वर्षीया धर्माकुमारी बटाला र उनका ३२ महिने छोराको ।

बिहीबार यात्राको क्रममा धर्माकुमारीको बसमै निधन भएको थियो । त्यसपछि काखमा रहेको उनको छोरा बसको सिटबाट खसेर रोएपछि मात्रै बसका अन्य यात्रुहरुले थाहा पाएछन्, उनी मृत भइसकिन् भनेर । स्थानीयका अनुसार उनी लामो समयबाट मुटुको समस्याले ग्रसित थिइन् । उनले स्थानीय स्वास्थ्य संस्थाहरुमा उपचार गराए पनि सन्चो नभएपछि श्रीमानसँग सल्लाहमै उपचारको लागि नेपालगञ्ज जाने निर्णय गरेकी थिइन् । उनका श्रीमान नेपालगन्जमर् कार्यरत रहेको बताइएको छ ।

सोही अनुसार उनी बिहीबार राति बस चढेर नेपालगञ्जतर्फ हिँडिन् । काखमा ३२ महिनाको छोरा थियो । छोरालाइ छाडेर जाने अवस्था नभएपछि काखमै बोकेर हिँडिन् । उनका श्रीमान दलबहादुर बटाला नेपालगञ्जमै ठेकापट्टाको काम गर्दै आएकाले उनको उपचारको लागि बोलाएका थिए । स्थानीयका अनुसार श्रीमान बाहिरै भएकाले घरको सबै व्यवस्थापन गरेर घर रेखदेख गर्ने जिम्मा छिमेकीलाई दिइएको थियो ।

यात्राकै क्रममा पटक-पटक श्रीमान-श्रीमतीबीच कुराकानी भएको थियो । उनले श्रीमानलाई आफ्नो अवस्था सामान्य भएको बताउँदै आएकी थिइन् । तर यात्राका क्रममै उनले असहज भएको भनेपछि बसका स्टाफले दोस्रो सिटमा ल्याएर बच्चासँगै राखेका थिए । यात्राकै क्रममा छिप्पिँदो रातसँगै उनको प्राण गएछ ।

त्यसपछि मृतकको काखको बच्चा सिटबाट झरेर रोएछ ।  हेर्दा उनको निधन भएको पाइएपछि अन्य यात्रुहरु अत्तालिएका थिए ।  बच्चा रोइकराइ गरेपछि फकाउनका लागि मृत आमाकै काखमा राखिएको थियो । उक्त भावुक तस्बीर अहिले सामाजिक संजालमा भाइरल बनेको हो ।

बस नेपालगञ्ज पुर्याइएपछि श्रीमान दलबहादुरले जिवित हुने आशामा विभन्न अस्पताल पुर्याएका थिए । तर चिकित्सकहरुले धर्माकुमारीलाई मृत घोषणा गरेका थिए । दलबहादुरले पहिलाको श्रीमतीले छोडेपछि धर्माकुमारीलाई दोस्रो बिहे गरेर ल्याएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।