image
image

ललितपुर महानगरले भन्यो-जात्रा र पर्वमा भिडभाड नर्गन आग्रह

काठमाडौँ, ५, भदौ । ललितपुर महानगरपालिकाले धेरै जना एकै ठाउँमा जम्मा भएर जात्रा मनाउँदा कोभिड संक्रमण फैलन सक्ने भन्दै महानगरभित्र मनाइने जात्रा र अन्य चाडपर्वहरू प्रतिकात्मक रुपमा मनाउन आग्रह गरेको छ।

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनको अध्यक्षतामा सरोकारवालाहरूको सहभागितामा बसेको बैठकले उक्त निर्णय गर्दै नागरिकलाई यस्तो आग्रह गरेको हो।

नगरप्रमुख महर्जनले महानगरभित्र मनाइने सबै प्रकार जात्राहरू पुजारी र सीमित संख्यामा सहभागी भएर मनाउने निर्णय गरेको जानकारी दिए।

उनले भने, ‘प्रतिकात्मक रुपमा नित्य पूजा गरी सम्पन्न गर्ने निर्णय गरिएको छ।’

नगरप्रमुख महर्जनले कोभिडबाट नागरिकलाई जोगाउन महानगरले यो निर्णय हो।

नगरप्रमुख महर्जनले भने, ‘कोभिड सकिएपछि हामी धूमधामसँग मनाउने छौं।’

श्रीकृष्ण जन्माष्टमी, जनैपूर्णिमा, सिंह जात्रा, (मत्यां जात्रा), भिन्द्यो जात्रा, कुम्भेश्वर मेला लगायतका जात्रा पर्वहरू क्रमशस् सुरू हुँदैछन्।

नगरप्रमुख महर्जनले कोभिड नियन्त्रणमा नागरिकको भूमिका महत्वपूर्ण हुने बताउँदै घरबाहिर निस्कँदा मास्कको प्रयोग अनिवार्य रुपमा गर्न अनुरोध गरे।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।