image
image

चीनबाट १ सय ८७ नेपालीको उद्धारमा १३ करोड खर्च   

काठमाडौँ, ५, भदौ । चीनको वुहानबाट १ सय ८७ जना नेपालीलाई उद्धार गरेर नेपाल ल्याउँदा १३ करोड रुपैयाँ भन्दा धेरै खर्च भएको पाइएको छ ।

महालेखा परीक्षकको कार्यालयले जारी गरेको प्रतिवेदनमा २०७६ सालको फागुनमा चीनको वुहानबाट १ सय ८७ जनालाई उद्धार गर्दा १३ करोड २८ लाख ४७ हजार रुपैयाँ खर्च भएको उल्लेख छ । संस्कृति पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयले चार करोड ४९ लाख,  सहरी विकास मन्त्रालयले ७ करोड ५६ लाख र नेपाली सेनाले एक करोड २२ लाख रुपैयाँ गरी १३ करोड भन्दा धेरै खर्च भएको हो ।

यसरी वुहानबाट एक जना नेपाली उद्धार गरेवापत सरकारले सात लाख १० हजार रुपैयाँ खर्च गरेको महालेखाको प्रतिवेदनमा उल्लेख छ । अव्यवस्थित र जथाभाबीरुपमा खर्च भएको महालेखाले जनाएको छ । फागुनको ४ देखि २० गतेसम्म खानामा मात्रै ५५ लाख र औषधिमा ६६ लाख ७१ हजार रुपैयाँ खर्च भएको देखिएको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।