image
image

सुशान्त सिंह राजपूतको फेसबुक प्रोफाइल फोटो परिवर्तन

काठमाडौँ, ५, भदौ । बलिउडका दिवंगत अभिनेता सुशान्त सिंह राजपूतको फेसबुक प्रोफाइल तस्बिर परिवर्तन भएको छ । सुशान्तको राजपूतको पीआर टीमले उनको फेसबुक प्रोफाइल तस्बिर परिवर्तन गरेका हुन् । 

सुशान्तको प्रोफाइल तस्बिर परिवर्तन भएपछि उनका दर्शकहरु हैरान भएका छन् । उनका दर्शकले तस्बिर परिवर्तन भएपछि दुख व्यक्त गरेका छन् ।सामान्यताः कुनै पनि व्यक्तिको मृत्यु भएपछि फेसबुकमा कुनै पनि पोस्ट् अपडेट हुँदैन । तर, उनका पीआर टीमले उनको फोटो परिवर्तन गरेका छन् । 

उनको फोटो परिवर्तन भएपछि लाखौँ फ्यानले तस्बिरमा प्रतिक्रिया जनाएका छन् । जसमा एकजनाले लेखेका छन्, सुशान्त फर्किएर आएजस्तै लागिरहेको छ । अर्को युजर्सले लेखेका छन्, सुशान्त सधैँ हाम्रो यादमा रहनेछन् । त्यसैगरी, अर्का युजर्सले लेखेका छन्, यो कसरी हुन सक्छ ?कसले यो परिवर्तन गर्यो ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।