नक्कली नेपाली नोटसहित दुई भारतीय पक्राउ
काठमाडौँ, ५, भदौ । सुनसरी देवानगंज गाँउपालिका–२ मध्यहर्षाही पेट्रोल पम्प नजिकैबाट नेपाली नक्कली नोट सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार इलाका प्रहरी कार्यालय देवानगंजबाट खटिएको टोेलिलेBR50-S-8406 नम्वरको मोटरसाइकलमा सवार भारतको अररिया रामनगर बस्ने ४० वर्षीय नवल किशोर पाल र अर्का ३२ वर्षीय सुमन पाललाई एक सयको दरका १६ थान नेपाली नक्कली जाली नोट फेला पारेको थियो ।
शुक्रबार नै जिल्ला अदालत सुनसरीबाट ७ दिनको म्याद थप गरि अनुसन्धान थालिएको सुनसरी प्रहरी प्रमुख एसपी सञ्जयसिंह थापाले जानकारी दिए । दुवै जनालाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २२ मुद्रा सम्बन्धि कसुर अन्तर्गत मुद्वा चलाइएको प्रहरीले जनाएको छ ।