image
image

माधव नेपाल र महन्थ ठाकुरका पार्टीको सनाखत भदौ ९ गते हुने

काठमाडौँ, ४, भदौ । निर्वाचन आयोगले माधवकुमार नेपाल र महन्थ ठाकुर नेतृत्वका दुई नयाँ पार्टीको सनाखत भदौ ९ गते गर्ने भएको छ।निर्वाचन आयोगका एक अधिकारीले दुबै दललाई सनाखतका लागि भदौ ९ गते बोलाइएको जानकारी दिए।

शुक्रबार नेपालले नेकपा एकीकृत समाजवादी पार्टी र ठाकुरले लोकतान्त्रिक समाजवादी पार्टी दर्ताका लागि निवेदन दिएका थिए।

उक्त निवेदनपछि आयोगले भदौ ९ गते नेकपा एमाले र जनता समाजवादी पार्टीका २० प्रतिशत केन्द्रीय सदस्य र सांसदहरू नयाँ पार्टीमा रहेरनरहेको सनाखत गर्न लागेको हो।

उक्त दिन जो-जो मानिसहरू निर्वाचन आयोगमा सनाखत गर्न जान्छन् उनीहरू नै नयाँ पार्टीका केन्द्रीय सदस्य र सांसद हुन्छन्। 

सनाखतमा २० प्रतिशत केन्द्रीय सदस्य वा सांसद पुगे भने यी नयाँ दल दर्ता हुनेछन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।