image
image

प्रदेश १ मा थप ७६९ जनामा कोरोना पुष्टि, ८ जनाको मृत्यु

काठमाडौँ, ४, भदौ। प्रदेश १ मा पछिल्लो २४ घण्टामा ७६९ जनामा कोरोना संक्रमण देखिएको छ । १ हजार ४१३ जनाको पीसीआर परीक्षण गर्दा ४२९ जना र १ हजार ३२५ जनाको एन्टिजेन परीक्षण गर्दा ३४० जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार झापामा १४९, मोरंगमा १४५, सुनसरीमा ८६, इलाममा १६, पाँचथरमा १२, धनकुटामा ८, उदयपुरमा ३, भोजपुरमा २, संखुवासभा र तेह्रथुममा १–१ र प्रदेश १ बाहिरका ६ जनामा संक्रमण देखिएको हो ।

झापाको दमकमा ३२, विर्तामोडमा २८, भद्रपुरमा १८, अर्जुनधारामा १७, मेचीनगरमा १२, कनकाईमा १०, शिवसताक्षीमा ९, बुद्धशान्तिमा ८, हल्दिबारीमा ५, कमल गाउँपालिकामा ४, गौरादहमा ३, गौरीगञ्जमा २ र स्थानीय तह नखुलेका १ जनामा कोरोना देखिएको छ ।

त्यस्तै, मोरङको विराटनगरमा ४५, पथरीशनिश्चरेमा ३१, लेटाङमा १७, बेलबारीमा १४, सुन्दरहरैचामा १३, उर्लाबारीमा ८, बुढीगंगामा ५, रंगेली र कानेपोखरीमा ३–३, मिक्लाजुङ र रतुवामाईमा २–२, कटहरी र केराबारीमा १–१ जनामा कोरोना देखिएको छ ।

यता सुनसरीको इटहरीमा ४३, धरानमा २३, बराहक्षेत्रमा ५, इनरुवामा ४, रामधुनी, हरिनगर, दुहवी र बर्जुमा १–१ र स्थानीय तह नखुलेका ७, इलामको इलाम नगरपालिकामा ११, मांसेबुङ र चुलाचुलीमा २–२, फाकफोकथुममा १, पाँचथरको फिदिममा ८, कुम्बायकमा ३, फाल्गुनन्दमा १ जनामा कोरोना पुष्टि भएको छ ।

धनकुटाको धनकुटामा ४, छथरजोरपाटीमा २, साँघुरीगढी र शहिदभूमीमा १–१, उदयपुरको उदयपुरगढीमा २ र स्थानीय तह नखुलेका १, भोजपुरको भोजपुर नगरपालिका २, संखुवासभामा १, तेह्रथुमको म्याङलुङमा १ र प्रदेश १ बाहिरका ६ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४८५ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २५२ महिला र २३३ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा ८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा ३ महिला र ५ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।