image
image

दोलखामा आज थप १७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, ४, भदौ । दोलखामा आज थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चरिकोट अस्पतालमा रहेको पिसिआर ल्याबमा १२ जनाको स्वाब परिक्षण गरिएकामा ४ जना र जिल्लाको ९ वटै स्थानीय तहमा ४७ जनाकोे एन्टिजिन परिक्षण गरिएकामा १३ जना गरि जिल्लामा कुल १७ जनामा संक्रमण पुष्टि भएको हो ।

आज कोरोना संक्रमण पुष्टि हुनेमा भीमेश्वर नगरपालिकाका १ पुरुष र ६ महिला, जिरी नगरपालिकाका एक पुरुष र ५ महिला, कालिञ्चोक गाउँपालिकाका एक पुरुष, गौरीशंकर गाउँपालिकाका एक पुरुष, विगु गाउँपालिकाका एक महिला र तामाकोशी गाउँपालिकाका एक महिला रहेका छन् ।आज १७ जनामा कोरोना संक्रमण देखिए संगै जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या ४ सय ६८ पुगेको स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ ।

यस्तै आज १४ जना संक्रमित संक्रमण मुक्त भएका छन् । आज निको हुनेमा जिरी नगरपालिकाबाट २ पुरुष र २ महिला, तामाकोशी गाउँपालिकाबाट ५ पुरुष र २ महिला, कालिञ्चोक गाउँपालिकाबाट एक पुरुष र २ महिला निको भएका हुन् ।

संक्रमित मध्य चरिकोट अस्पतालमा रहेको एचडियुमा ९ जना छन् भने सिंगटी अस्पतालमा एक जना र तामाकोशी कोभिड अस्पतालमा २ जना आइसोलेशन वार्डमा उपचाररत छन् । कोरोना संक्रमण देखिएका ४ सय ५६ जना होम आइसोलेशनमा बसि स्वास्थ लाभ लिइरहेको स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।