image
image

सूर्या लाईफ इन्स्योरेन्सद्वारा मृत्यु दाबी भुक्तानी रकम हस्तान्तण

काठमाडौँ, ४, भदौ। सूर्या लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड शाखा कार्यालय बैतडीले मृत्यु दाबी भुक्तानी रकम हस्तान्तरण गरेको छ । कम्पनीले  बैतडीको पाटन नगरपालिका वडा नं। ८ का मोहन सिंह ऐरको मृत्यु दाबी रकम भुक्तानी गरेको हो । 

ऐरले २०७५ असार ३२ गते २२ लाख बीमांकको १५ वर्षे जीवन बीमा गरेकोमा २०७८ जेठ ९ गते कोरोना संक्रमणका कारण निजको मृत्यु भएकोले बीमा रकम भुक्तानी गरेको सूर्या लाइफ इन्स्योरेन्स कम्पनी शाखा बैतडीका कर्मचारी  खगेन्द्र भट्टले बताए ।

मृतक ऐरकी श्रीमती द्रोपति ऐरलाई घरमै गएर बीमा दाबी बापतको २४ लाख ९७ हजारको चेक हस्तान्तण गरिएको कम्पनीले बताएको छ । मृतक ऐरले वार्षिक अग्रीम भुक्तानी जीवन बीमा योजना अन्तर्गत ३ किस्ता बापतको रकम कम्पनीमा बुझाएका थिए । मृतकको बीमांक रकम २२ लाख थियो ।

मृत्यु दाबी रकम भुक्तानीले परिवारलाई केहि राहत भएकोले जीवन बीमा गर्नु आफ्नो र परिवारको सुरक्षाको लागि रहेको रकम हस्तान्तणमा सहभागी वडा अध्यक्ष देवेन्द्र कुवरले बताए । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।