प्युटारका ताजा तरकारी अब साताका दुई दिन बल्खु तरकारी बजारमा
काठमाडौँ, ४, भदौ। दक्षिण ललितपुरको वागमती गाउँपालिका(४ प्युटारका ताजा तरकारी अब साताका दुई दिन बल्खु तरकारी बजारमा खरिद बिक्रीका लागि पाइने छ। मंगलबार र शनिबार बिक्रीमा राखिने भएको हो।
भौगोलिकरूपमा विकट उक्त क्षेत्रमा प्रशस्त मात्रामा तरकारी उत्पादन हुन्छ तर बेच्नका लागि बजार सहज छैन। वडा कार्यालयले तरकारी बिक्रीका लागि बल्खु पुर्याउने व्यवस्था मिलाएको हो। गाउँवासीलाई तरकारीको व्यवसायिक उत्पादनले आर्थिकस्तर उकास्न मद्दत हुने देखिएकाले हप्तामा दुई दिन तरकारी बेच्न बल्खु पुर्याउने व्यवस्था गरिएको वडाध्यक्ष नारायणबहादुर घलेले बताए।
हामीले पहिलोपटक यही भदौ १ गते ३५० किलो तरकारी बल्खु पठायौं, हरेक किसानका तरकारी जोखी सोको टिपोट राखी कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तोकेको मूल्य दिने भएका छौं,उनले भने। तरकारी भण्डारणका लागि वडाले तीन ठाउँमा संकलन केन्द्र राखेको छ। एकै ठाउँमा पाँच हजार किलो अट्ने एउटा शीतभण्डारसमेत निर्माण सम्पन्न भइसकेको उनले जानकारी दिए।
तरकारी बजारीकरण गर्न ५० प्रतिशत गाडी भाडा गाउँपालिका वा वडाले र बाँकी किसान स्वयंले व्यहोर्नुपर्छ, उनले भने, वडामा ५५० घरधुरीमा ९५ प्रतिशत किसान छन्। तरकारी खेती आफूलाई मात्र निर्वाह हुने गर्ने क्रम बढ्दा जमिन बाँझो नहोस् भनेर एकीकृतरूपमा बेच्न लैजाने व्यवस्था मिलाइएको उनले बताए।
हरेक दिन २ बजेपछि किसानले खेतबारीबाट तरकारी टिपी संकलन केन्द्रमा लैजानुहुन्छ। प्युटारबाट बल्खु बजार पुग्न लगभग ६० किलोमिटर दूरी पार गर्नुपर्छ। व्यापारीसँग समन्वय गरी बजार पठाउने व्यवस्था गरेका हौं, उनले भने। वडा नम्बर ३ को भट्टेडाडाँबाट १० वर्षदेखि तरकारी बिक्रीका लागि बल्खु बजार पठाउने गरिएको छ। उक्त वडामा अध्यक्ष विष्णु तिमिल्सिनाले भने वडाका लगभग २५० देखि ३०० किसान तरकारी खेतीमा आत्मनिर्भर छन् ।
आफूले फलाएका तरकारी खेर जाने डरमा कतिपटक गाईवस्तुलाई खुवाउनु त कयौं चोटी अरुलाई बाँड्नुपर्ने बाध्यता थियो। बल्खु बजार पुर्याउने भएसँगै थोरै भए पनि चलेको मूल्य पाउनेमा ढुक्क भएको भन्दै स्थानीयवासी दीपक घिमिरेले खुशी व्यक्त गरे। गाउँपालिकाका अन्य वडाबाट पनि तरकारी बल्खु बजार लैजाने विषयमा छलफल सुरु भएको छ।