image
image

राष्ट्रिय बीमा संस्थानको साधारण सभा भदौ २६ गते

काठमाडौं, ४, भदौ । राष्ट्रिय बीमा संस्थानले भदौ २६ गते ३१ औं वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको साउन २२ गते(शुक्रबार) बसेको सञ्चालक समितिले सभा निर्णय गरेको हो  । सभा संस्थानको प्रधान कार्यालय, रामशाहपथ, काठमाडौंमा अपरान्ह २ बजेबाट सुरु हुनेछ ।

सभामा संस्थानका अध्यक्षले आर्थिक वर्ष २०६६/०६७, ०६७/०६८ र ०६८/०६९ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्नेछन् ।

यस्तै,आव ०६६/०६७, ०६७/०६८ र ०६८/०६९ को लेखा परीक्षण भएको लेखा परीक्षकको प्रतिवेदन, वासलात तथा नाफा नोक्सान हिसाब एवम् नगद प्रवाह विवरण र तथ्यसम्बन्धी अनुसुची छलफल गरी पारित गर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।