image
image

अध्यक्ष ओलीद्वारा शेरचनप्रति श्रद्धाञ्जलि

काठमाडौँ ३ भदौ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सञ्चार उद्यमी एवं तत्कालीन संविधानसभाका सदस्य महेन्द्र शेरचनको निधनप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।अध्यक्ष ओलीले आज शोक वक्तव्य जारी गरी राजधानी दैनिकको प्रकाशकका रुपमा उनले लामो समयदेखि नेपालको सञ्चार क्षेत्रमा, खासगरी बे्राडसिट दैनिकको व्यावसायिक प्रकाशनमा महत्वपूर्ण योगदान गर्दै आएका थिए । पछिल्लो समय सञ्चार उद्यमीको सङ्गठन मिडिया एरलाइन्स र सरकारद्वारा गठित विज्ञापन बोर्डको नेतृत्व तहमा रहेर उनले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको वक्तव्यमा उल्लेख छ ।

“कोभिड–१९ को महामारीमा जीवन गुमाउनुहुने उनी हाम्रो पार्टीका सदस्य थिए । म उनीप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।” विज्ञप्तिमा भनिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।