image
image

स्वास्थ्य एकाइ एक महिनादेखि बन्द

काठमाडौँ  ३ भदौ । हुम्लाको मध्य क्षेत्रमा रहेको सर्केगाड गाउँपालिका–१ जैरमा कर्णाली प्रदेश सरकारको मातहतमा रहेको सामुदायिक स्वास्थ्य एकाइ एक महिनादेखि बन्द रहेको छ ।

वडा नं १ छिडी नात्तामा रहेको उक्त सामुदायिक स्वास्थ्य एकाइ एक महिनादेखि बन्द हुँदा त्यहाँका नागरिक स्वास्थ्य सेवा पाउनबाट वञ्चित छन् । स्वास्थ्यकर्मी नहुँदा उक्त स्वास्थ्य संस्था बन्द हुँदा सेवाग्राहीले घण्टौँ पैदल हिँडेर स्वास्थ्य उपचारका लागि अन्यत्र उपचार गर्न जानुपरेको स्थानीयवासीको गुनासो छ ।

विसं २०७६ देखि स्वास्थ्य एकाइ सञ्चालनमा आएको थियो । यसअघि एकाइमा एक–एक अहेव, अनमी र कार्यालय सहयोगी गरी तीन जनाको दरबन्दी छ । गाउँमा रुघाखोकीका बिरामीको सङ्ख्या बढिरहेको छ । स्वास्थ्यकर्मी नहुँदा थप स्थानीयवासी समस्यामा परेका छन् । एकाइमा दैनिक १०–१२ सम्म बिरामी उपचारमा आउने गर्छन् ।-रासस/File Photo
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।