यति धेरै नेपाली श्रमिक खाडी र मलेसियाका जेलमा
काठमाडौँ १ भदौ । वैदेशिक रोजगारीका लागि खाडीका ६ देश र मलेसिया गएका ५४५ जना नेपाली त्यहीको जेल परेका छन् ।वैदेशिक रोजगार बोर्डको पछिल्लो तथ्याङ्क अनुसार विभिन्न मुद्दामा ५४५ नेपाली श्रमिक जेल परेका हुन्। जेलमा ५ सय २६ जना पुरुष र १९ जना महिला रहेका छन् । ती मध्ये नेपाली मध्ये २५ जनालाई त मृत्यु दण्डको सजाय सुनाइएको छ ।
कुन देशमा कति
वैदेशिक रोजगार बोर्डका अनुसार खाडीको देश कुवेतमा ३ जना महिला र ५५ जना पुरुष गरी ५८ जना, यूएईमा १२ जना महिला र १७३ जना पुरुष गरी १ सय ८५ जना, ओमानमा २ जना महिला र १ जना पुरुष गरी ३ जना, साउदीमा ५४ जना, कतारमा ३५ जना र बहराइनमा ५ जना रहेका छन् ।
मलेसियामा २ जना महिला र २०३ जना पुरुष गरी २०५ जना जेलामा रहेका छन् ।