image
image

पुनः भरिन थाले कोभिड अस्पताल र आइसोलेसन

काठमाडौँ १ भदौ  । विगत केही दिनदेखि खाली रहेका कालीकोटका कोभिड–१९ विशेष अस्पताल र आइसोलेसन फेरि पुनः भरिन थालेका छन् ।स्वास्थ्य सेवा कार्यालय कालीकोटका अनुसार जिल्लामा कोभिड–१९ संक्रमण दर दिनप्रतिदिन बढ्दै गएको छ ।संक्रमण नियन्त्रणका लागि सावधानी नअपनाउँदा संक्रमित बिरामीले अस्पताल तथा आइसोलेसन कक्ष फेरि भरिन थालेका हुन् । 

जिल्लामा दिनप्रतिदिन कोभिड–१९ संक्रमण बढिरहेको स्वास्थ्य सेवा कार्यालयका जनस्वास्थ्य अधिकृत कटक महतले बताए । ‘विगतमा शून्यमा झरेको कोभिड–१९ संक्रमण दर अहिले बढिरहेको छ,’ उनले भने, ‘केही समय खाली भएको कोभिड अस्पताल मान्ममा अहिले २४ कोरोना संक्रमितका बिरामी छन् भने २ जनालाई अक्सिजन दिनु परिरहेछ ।’

जिल्लाको रास्कोट नगरपालिका, तिलागुफा नगरपालिका, महावै गाउँपालिका र पचालझरना लगायत स्थानीय तहले निर्माण गरेको कोभिड–१९ आइसोलेसन कोभिड–१९ का बिरामीले भरिएको अधिकृत महतले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालयले भदौ १ गतेसम्मलाई निषेधाज्ञा जारी गरे पनि जिल्लामा निषेधाज्ञाको प्रभावकारी पालना नभएका कारणले कोभिड–१९ संक्रमण दर बढेको स्थानीय रामबहादुर शाहीले बताए । जिल्लामा कोभिड–१९ संक्रमण दर बढेका कारणले जिल्लामा थप केही दिन निषेधाज्ञा जारी हुन सक्ने जिल्ला प्रशासन कार्यालय कालीकोटका सहायक प्रमुख जिल्ला अधिकारी देवेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए ।

‘कोभिड–१९ संक्रमण दर बढ्दै गएमा केही दिन थप निषेधाज्ञा हुनेछ,’ उनले भने, ‘कोभिड–१९ नियन्त्रणका लागि विभिन्न उपाय अपनाएको भए पनि नियन्त्रणमा आउन सकेको छैन ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।