image
image

नेप्से झिनो अंकले बढ्दा १२ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट,  कारोबार रकममा पनि उछाल 

काठमाडौँ १ भदौ ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज मंगलबार सामान्य अंकले बढेको छ । आज नेप्से ०.२३ अंकले बढेर तीन हजार एक सय ६० दशमलब ३२ विन्दुमा पुगेको हो ।  आज कारोबार रकममा बृद्धि भएको छ । आज १८ अर्ब २० करोड ४९ लाख बराबरको कारोबार भएको छ । सोमबार नेप्सेमा १५ अर्ब ९३ करोड ८ लाखको कारोबार भएको थियो । आज कारोबार भएका छ समूह बढेका छन् भने अन्य सबै समूह घटेका छन् ।

नेप्सेका अनुसार आज कारोबार भएका कम्पनीमध्ये १२ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज शेयरमूल्यमा १० प्रतिशतले बृद्धि हुने कम्पनीहरुमा गोर्खाज फाइनान्स, फस्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक, दिव्यश्वरी हाइड्रोपावर, अरुण काबेली पावर, पञ्चकन्यामाई हाइड्रोपावर, आँखुखोला जलविद्युत कम्पनी, जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, हिमाल दोलखा हाइड्रोपावर कम्पनी, माउन्टेन इनर्जी नेपाल, सिडिईबीडि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, रु रु जलविद्युत परियोजना, जीवन विकास लघुवित्त वित्तिय संस्था रहेका छन् ।   

त्यस्तै, एनआइबीएल प्रगति फण्ड, नबिल डिभेञ्चर र सिद्धार्थ इकयुटी फण्डको शेयरमूल्यमा उच्च गिरावट आएको छ । जसको शेयरमूल्य करिब ७ प्रतिशतले घटेको छ । यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी अपी पावर कम्पनीको भएको छ । यस कम्पनीको आज ८६ करोड भन्दा बढीको कारोबार भएको छ ।         
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।