image
image

कर्णाली प्रदेशका योजनामन्त्री शर्मासँग सचिवको कार्यसम्पादन सम्झौता

काठमाडौँ  १ भदौ । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्मासँग अर्थसचिव चक्रबहादुर बुढाले कार्यसम्पादन सम्झौता गरेका छन् । चालू आवको नीति तथा कार्यक्रम र बजेटको प्रभावकारी कार्यान्वयनका लागि सम्झौता गरिएको हो ।

सबै आ–आफ्नो जिम्मेवारीप्रति प्रतिबद्ध होउन् र कार्यप्रति दायित्वबोध गरुन् भन्ने उद्देश्यले सम्झौता गरिएको मन्त्री शर्माले बताए । सचिव बुढाले हरेक काम बेलैमा गर्न र त्यसबाट प्राप्त परिणामलाई मापन गर्न सकियोस् भन्ने उद्देश्यले जिम्मेवार पदाधिकारीबीच कार्यसम्पादन सम्झौता गर्ने गरिएको बताए । यसैगरी सचिव बुढादेखि तल्ला तहका अन्य कर्मचारीबीच पनि सौझौता गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।