image
image

कम्बोडिया पठाइदिन्छु भनेर ठगेको आरोपमा युवक पक्राउ

काठमाडौँ १ भदौ ।काठमाडौंको नयाँ बानेश्वरबाट ‘कम्बोडिया पठाइदिन्छु’ भनेर ठगेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेको महाभारत गाउँपालिका–१ घर भइ काठमाडौं तारकेश्वर नगरपालिका बस्ने २८ वर्षीय विचारमान मोक्तान उर्फ मिनध्वज छन् । मिनध्वज सहितको समूहले काभ्रेको पाँचखाल नगरपालिका–८ का प्रेम बहादुर तामाङसहित ६ जनालाई ‘कम्बोडिया पठाइदिन्छौं’ भनेर प्रलोभनमा पारेर ठगी गरेका थिए । 


प्रतिव्यक्ति ६ लाख ५० हजारमा कम्बोडिया पठाउने र त्यहाँ पुगेपछि क्यासिनोमा ‘बोस गार्ड’मा काम लगाइदिन्छौ भनेर पैसा लिएर उनीहरु सम्पर्कविहीन भएका थिए । मिनध्वजलाई सोमबार पक्रेर आवश्यक कारवाहीका लागि बैदेशिक रोजगार विभाग, बुद्दनगरमा पठाइएको महानगरीय अपराध महाशाखाले जनाएको छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।