image
image

फेसबुकले तालिवानसम्बन्धी सबै सामग्री प्रतिबन्ध लगाउने  

काठमाडौँ १ भदौ । फेसबुकले तालिवानसँग सम्बन्धित सबै सामग्री आफ्नो प्लेटफर्मबाट हटाउने भएको छ। तालिवानलाई आतंकवादी संगठन ठहर गर्दै फेसबुकले यो संगठन र यसका समर्थनमा प्रकाशिन हुने सबै सामग्री हटाउने निर्णय गरेको हो।

‘अमेरिकी कानुनले तालिवानलाई आतंकवादी संगठनको सूचीमा राखेको छ र हामीले खतरनाक संगठन नीतिअन्तर्गत उनीहरुलाई हाम्रो प्लेटफर्म प्रयोग गर्न प्रतिबन्ध लगाएका छौं,’ तालिवानका एक प्रवक्तालाई उदृत गर्दै बीबीसीले उल्लेख गरेको छ।

यसअघि तालिवानले आफ्ना निर्णय तथा सन्देशहरुको प्रचार गर्न सामाजिक सञ्जालको व्यापक प्रयोग गर्दैै आएको थियो।

अब तालिवानलाई प्रतिनिधित्व गर्ने, उनीहरुको समर्थन वा प्रशंसा गरिएका सामग्रीहरु पनि फेसबुकमा सेयर गर्न पाइने छैन। फेसबुकले यस्ता सामग्री हटाउनका लागि स्थानीय दारी र पाश्तो भाषा बोल्ने तथा यहाँको बारेमा विज्ञता हासिल गरेकाहरुको छुट्टै टीम नै बनाएको जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।