image
image

महामारीकैबीच यति धेरैले लिए श्रम स्वीकृति  

काठमाडौँ १ भदौ । कोरोना महामारीको बीच पनि  एक लाख ६६ हजारले लिए श्रम स्वीकृति लिएका छन् ।  आर्थिक वर्ष २०७७/७८ मा १ लाख ५५ हजार २४२ जना पुरुष र ११ हजार ४५६ जना महिला गरी एक लाख ६६ हजार ६९८ जनाले श्रम स्वीकृति लिएका हुन्।

अघिल्ला वर्षको तुलनामा केही घटेको वैदेशिक रोजगार विभागले जनाएको छ। अन्तर्राष्ट्रिय उडान बन्द भएकाले पनि उक्त संख्यामा कमि आएको अनुमान गरिएको छ ।


अर्ध दक्ष र अदक्ष कामदार धेरै

नेपालबाट रोजगारीको लागि बिदेसिने युवाहरूमा दक्ष भन्दा अदक्ष कामदारको संख्या धेरै छ। गत आर्थिक वर्षमा मात्रै उच्च दक्षता भएका पुरुष ६६ जना र महिला ६ जना गरी ६१ जनाले श्रम स्वीकृति लिएका छन्। प्रोफेसनल २२६ जनाले श्रम स्वीकृति लिएका छन्। अर्ध दक्ष तर्फ १४ हजार २४७ महिला र १ हजार १५६ जना पुरुष गरी जम्मा १५ हजार ५८३ जनाले श्रम स्वीकृति लिएका हुन।

दक्ष कामको लागि श्रम स्वीकृति लिनेमा ६५ हजार ८६९ जना पुरुष र ४ हजार ५५७ जना महिला छन्। वैदेशिक रोजगारीमा जानेमा सबै भन्दा धेरै अदक्ष छन्। नेपालबाट गत आर्थिक वर्ष मा मात्रै ७४ हजार ६६५ जना पुरुष र ५ हजार ७१७ जना महिला गरी ८० हजार ३८२ जना अदक्ष कामदार वैदेशिक रोजगारीमा गएका छन्।

वैदेशिक रोजगारीमा नेपालीको लागि प्रमुख गन्तव्यको रूपमा साउदी अरब रहेको छ। साउदी अरबमा मात्रै गत आर्थिक वर्षमा २३ हजार ३२४ जना नेपाली गएका छन्। त्यसपछिको नेपालीको रोजाइ  कतार रहेको छ। कतारमा  गत आर्थिक वर्षमा २२ हजार ३१३ जना नेपाली गएका छन्।  विभागका अनुसार गत आर्थिक वर्षमा११ हजार ६११ जना युएई  गएका थिए।  
      
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।