image
image

अफगानिस्तानबाट आइपुगे १२७ नेपाली

काठमाडौँ भदौ १ । अफगानिस्तानबाट कुवेत हुँदै एक सय २७ जना नेपाली काठमाडौं आइपुगेका छन् । कुवेती विमान कम्पनी जजिरा एयर चार्टड गरेर उनीहरु काठमाडौं आईपुगेका हुन् ।

अफगानिस्तानस्थित अमेरिकी दुतावासमा कार्यरत उनीहरु अमेरीकाले गरेको चार्टड उडानबाट काठमाडौं आईपुगेका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार आज बिहान १० बजेर १६ मिनेटमा उक्त जहाज काठमाडौं विमानस्थलमा अवतरण गरेको थियो ।

अमेरिकी एयरफोर्सले उद्धार गरेर कुवेत पु¥याएकाहरु काठमाडौं आईपुगेका हुन् । नेपाल आईपुगेका उनीहरुलाई नेपाली सेनाले राधास्वामी क्वारेन्टिनमा राख्ने व्यवस्था गरेको छ । क्वारेन्टिनस्थलमा लैजान सेनाले विमानस्थलमा सेनाले बससमेत तयारी अवस्थामा राखेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।