image

बजारमा चहलपहल बढ्दो छ, व्यापार छैन

बजारमा चहलपहल बढ्दो छ, व्यापार छैन

काठमाडौं । निषेधाज्ञा खुलोभएपश्चात् पछिल्लो समय उपत्यकामा मानिसहरूको चहलपहल बढेको देखिए तापनि व्यापार भने खासै हुन सकेको छैन । बजारमा चहलपहल बढ्दो देखिए तापनि अन्य समयमा जस्तो व्यापार हुन नसको व्यापारीहरू बताउँछन् ।

खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुको व्यापारमा खासै कमिी नआए पनि लत्ताकपडा, फेन्सी पसल, विद्युतीय सामग्री, हस्तकलालगायत वस्तुको व्यापार अहिले पनि करीब १० प्रतिशत मात्र रहेको बताइएको छ । काठमाडौंको असनमा फेन्सी कपडाको व्यापार गर्दै आएका नगेन्द्र श्रेष्ठले बजारमा मान्छेहरूको चहलपहल बढेअनुसार व्यापार नभएको बताए ।

‘महामारीको असरले गर्दा उपभोक्ताको क्रयशक्ति घटेका कारण बजार खुले पनि व्यापार हुन नसकेको हो,’ उनले भने । यो समय फेन्सी कपडाको व्यापार राम्रो हुने समय भए पनि महामारीको असरले बजारलाई अस्तव्यस्त बनाएको उनको भनाइ छ । अहिलेको समयमा अझ बढी प्रभावित भएको र उपभोक्ता नै शून्यजस्तै भएको बजार हस्तकला सामग्रीको हो ।

विदेशी पर्यटक र निर्यातका भरमा व्यापार हुने हस्तकला सामग्रीको बजार पूरै अस्तव्यस्त भएको छ । एकातिर विदेशी पर्यटकको आगमन नहुँदा नेपालमा यसको व्यापार शून्य नै छ भने अर्कातिर निर्यात व्यापार पनि प्रभावित हुँदा स्थिति झनै नाजुक बन्न पुगेको वसन्तपुरमा हस्तकला सामग्रीको व्यापार गर्ने गोपाल तण्डुकारले बताए ।
-आर्थिक अभियान दैनिकबाट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।