महन्थ ठाकुरको रिटमा अन्तरिम आदेश अस्वीकार
काठमाडौँ ३२ साउन ।निर्वाचन आयोग विरुद्ध समाजवादी पार्टीका केन्द्रिय कार्यकारिणी समितिका प्रथम अध्यक्ष महन्थ ठाकुरले दायर गरेको रिटमा सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । सोमबार न्यायाधीश दीपक कुमार कार्की र डा.आनन्दमोहन भट्टराईले ‘अन्तरिम आदेश जारी नहुने’ आदेश गरेका हु्न् ।
जनता समाजवादी पार्टीको आधिकारिकता सम्बन्धी विवाद निरुपण गर्ने प्रयोजनको लागी निर्वाचन आयोगले ‘केन्द्रिय कार्यकारिणी समितिका सदस्य स्वयं उपस्थित भई सनाखत गर्नुपर्ने देखिएको’ भन्दै एकीकरण हुँदा बखत सनाखत गरेका सदस्यहरुलाई साउन ११ मा बोलाएको थियो ।