image
image

पातलो प्लाष्टिकको झोला प्रयोगमा रोक लगाउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौँ ३२ साउन । चालिस माइक्रोनभन्दा पातलो प्लाष्टिकको झोला प्रयोगमा रोक लगाउन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले सो आदेश जारी गरेको हो । 


अदालतले यसअघि पनि प्लाष्टिकको झोला प्रयोगबारे आदेश गरेको थियो । तर, न्यायाधीश सुवेदीले पातलो प्लाष्टिकका झोला हटाउने कार्ययोजनाको प्रगति विवरण दुई–दुई महिनामा बुझाउन सरकारका नाममा बाध्यकारी आदेश गरेका छन् ।वातावरण कानुन समाजको तर्फबाट अधिवक्ता पदमबहादुर श्रेष्ठ सहितले दायर गरेको रिटमा सुनुवाई गर्दै न्यायाधीश सुवेदीले १० दिनभित्र कार्ययोजना तयार गर्न सरकारलाई आदेश गरेका छन् ।
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।