image
image

ट्रम्पद्वारा राष्ट्रपति वाइडेनको राजीनामा माग 

काठमाडौँ  ३२ साउन । अमेरिकाका निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपति जोय वाइडेनको राजीनामा मागेका छन् । उनले अफगानिस्तान मामलामा वाइडेन असफल भएको भन्दै राजीनामा मागेका हुन् ।

ट्रम्पले वाइडेनको चर्को आलोचना समेत गरेका छन् । अफगानिस्तानमा तालिवानले द्रुत गतिमा नियन्त्रण बढाउँदै काबुल समेत कब्जा जमाउनुमा वाइडेनको नीति जिम्मेवार रहेको आरोप समेत लगाए ।

गत वर्षको राष्ट्रपति निर्वाचनमा ट्रम्प वाइडेनसँग पराजित भएका थिए । अमेरिकामा नरमपन्थी डेमोक्रयाट्स वाइडेन गरमपन्थी ट्रम्पभन्दा निकै कम मतान्तरले विजयी भएर चर्चामा आएका थिए । तर, अफगान नीतिमा अमेरिका नराम्रो धक्का खान पुगेपछि वाइडेन आलोचित भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।